Tuesday, January 5, 2016

भ्यागुताले सर्पलाई खाएपछि…

सर्पले भ्यागुता, मुसा खान्छ । हामीले सर्पले भ्यागुता लगायतका जिव निलेको देखेका छौँ । तर अब त भ्यागुताले सर्पलाई पो खान थालेको छ । सायद कलि युग भएर यस्तो भएको होला की भन्नुहोला तपाइँ । अस्ट्रेलियामा भएको छ यस्तै । त्यहाँ एउटा भ्यागुताले सर्पलाई मुखभित्र हालेको घटना सार्वजनिक भएको छ । एउटा यस्तो अचम्मलाग्दो भिडियो क्लिप सार्वजनिक भएको छ जसमा भ्यागुताले सर्पलाई मुखमा हालेको देख्न पाइन्छ । यो २८ सेकेण्डको भिडियोको एकजना व्यक्तिले आफ्नै घर बाहिर खिचेको बताइएको छ । त्यसमा भ्यागुताले सर्पलाई मुखभित्र हालेको दृश्य निकै अनौठो लाग्छ । सोसल मिडियामा यो भिडियो चर्चित बनेको छ । अस्ट्रेलियाको मालकस्थित डार्बिन क्षेत्रमा उक्त भिडियो खिचिएको हो । हरियो प्रजातिको भ्यागुताले कार्पेट जातको अजिंगर सर्पको बच्चालाई मुखभित्र हालेर चेँपिरहेको र सर्पको बच्चा निरिह बनिरहेको अवस्थामा केही बेरपछि भिडियो खिच्नेले त्यो लडाइँमा हस्तक्षेप गरेर सर्पलाई भ्यागुताको मुखबाट थुतेर मुक्त गरेका थिए ।

No comments:

Post a Comment