Friday, January 29, 2016
प्रधानमन्त्रीको भारत भ्रमण तयारी गर्न अर्थमन्त्री दिल्ली जाने
१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीका लागि अर्थमन्त्री विष्णु पौडेल माघ २४ गते दिल्ली जाने भएका छन् ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पौडेललाई भारत भ्रमणको निम्तो पठाएका छन् । अर्थममन्त्री पौडेलको भारत भ्रमण माघ २४-२६ गते (फेब्रुअरी ७-९ तारिख) मा हुने भएको छ ।
प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि अर्थमन्त्री भारत जान लाग्नु भएको हो’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले अनलाइनखबरसँग भने ।
प्रधानमन्त्रीको भारत भ्रमणको मिति भने अझै तय भइसकेको छैन । नेपालले सेप्टेम्बर दोस्रो र तेस्रो साता प्रस्ताव गरिएको छ ।
फागुन ५ गते (फेब्रुअरी १७ ) सम्म प्रधानमन्त्रीको कार्यक्रम तय भइसकेकाले त्यसपछिको मिति प्रस्ताव गरिएको हो । प्रधानमन्त्रीमा निर्वाचित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निम्तोका आधारमा परराष्ट्र मन्त्रालयले भ्रमणको प्रस्ताव पठाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment