Thursday, January 21, 2016

बारामा मधेसी मोर्चाका कार्यकर्ताले मोटरसाइकल जलाए, वीरगन्जमा प्रदर्शन

८ माघ, बारा । संयुक्त मधेसी मोर्चा बाराका कार्यकर्ताहरुले शुक्रबार बिहान दुर्इ मोटरसाइकलमा आगजनी गरेका छन् । बिहान आठबजेको समयमा भरतचोकमा रहेका दुर्इ मोटरसाइकलमा आगजनी गरिएको प्रहरीले जनाएको छ । भारतको आधापुरबाट मोटरसाइकलमा ग्यालेनमा राखी पेट्रोल ल्याएको भेटेपछि मोर्चाका कार्यकर्ताले मोटरसाइकल चालकलाई कुटपिट गर्नुका साथै ना १० प २८२५ र लु १ प ९५५० नं का दुईवटा मोटरसाइकल आगजनी गरी नष्ट पारेका छन् । सो घटनाका कारण अहिले भरत चोकमा सुरक्षाकर्मी र मोर्चाका कार्यकर्ताबीच तनाव भइरहेको छ । त्यस्तै मोर्चाका कार्यकर्ताले वीरगन्जका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । घन्टाघर नजिकै बा १० च ८३२४ नम्बरको गाडीमा तोडफोड गरेका छन् ।

No comments:

Post a Comment