Tuesday, January 12, 2016

ओबामाको कुकुर चोर्न खोज्ने पक्राउ

हामीकहाँ अपराधीहरुले अपराध गरिकेपछि पक्रिन पनि सकस पर्छ पुलिसलाई । तर अमेरिकामा भने एउटा कुकुर चोर्ने योजना बनाइरहेको अपराधीलाई समेत पुलिसले पहिले नै समातेको छ । हुनत, सामान्य खालको कुकुर चोर्नखोज्ने अपराधी कहाँ हो र ? राष्ट्रपति बाराक ओबामाको कुकुर चोर्ने योजनाका साथ नर्थ डेकोटाबाट वाशिंटन आएका स्कट डी स्कर्ट नामको एक युवक पक्राउ परेको वाशिंटन डिसीको उच्च अदालतले जानकारी दिएको छ । अदालतका अनुसार ओबामाको कुकुर अपहरण गर्न लागेको सूचना पाउने बित्तिकै अनुसन्धान एजेन्सीले स्कर्टलाई वाशिंटनको एक होटलबाट गिरफ्तार गरेको हो । ओबामाको घरमा दुइवटा पोर्चुगिस वाटर प्रजातिका कुकुर छन् । एउटाको नाम बो र अर्कोको नाम सनी हो । ओबामाको कुकुर चोर्ने योजना बनाएका स्कर्टको गाडीबाट हतियार समेत बरामद भएको छ । ती बन्दुक समेत लाइसेन्स नलिइकन राखेको पाइएपछि उनीमाथि अवैध हतियार राखेको अभियोग पनि लगाइएको छ । अदालतमा उनीमाथि हालिएको अभियोजनमा स्कर्टले आफुलाई जिसस क्राइस्ट बताएको उल्लेख छ । साथै उनले आफु पूर्व राष्ट्रपति जोन एफ केनेडी र अभिनेत्री मर्लिन मुनरोको छोरा भएको पनि दाबी गरेका छन् । आफु अमेरिकी राष्ट्रपतिको लागि उमेद्धारी घोषणा गर्न वाशिंटन आएको दाबी पनि उनले गरेका छन् । तत्कालका लागि प्रहरीले उनलाई निगरानीमा राख्ने गरी जेलमुक्त गरेको छ । स्मरण रहोस् अमेरिकी राष्ट्रपति ओबामाका कुकुरहरु सधै चर्चामै रहन्छन् । बो नामको कुकुर सन् २००९ देखि नै आफ्नी छोरीहरु शाशा र मालियाले ह्वाइट हाउसमा पाल्दै आएका ओबामाले बताएका छन् । सनी नामको कुकुर भने २०१३ मा उनीहरुले खरीद गरेका थिए । ओबामा परिवार सहभागी हुने क्रिसमस पार्टी लगायतका ह्वाइट हाउसका अन्य मुख्य जमघटहरुमा यी कुकुरहरु देख्न पाइन्छ । एजेन्सीको सहयोगमा

No comments:

Post a Comment