Tuesday, January 5, 2016

इस्लामिक स्टेटका ‘हिन्दु जेहादी’ को पहिचान खुल्यो

२१ पुस, काठमाडौं । इस्लामिक स्टेटको नयाँ प्रोपोगाण्डा डिभिडोमा देखिएका मुख्य संदिग्धको पहिचान खुलेको छ । उनी बेलायती नागरिक सिद्धार्थ धर भएको बीबीसीले बताएको छ । उक्त भिडियोमा पाँच जनाको हत्या गरिएको देखाइएको छ । इस्लामिक स्टेटले उनीहरुमाथि बेलायतका लागि जासुसी गरेको आरोप लगाएका छन् । यो भिडियोको जाँचका क्रममा सिद्धार्थ धर केन्द्रमा छन् । एक सुत्रलाई उदृत गर्दै लेखेको छ कि धेरै मानिसलाई लागेको छ कि भिडियोमा देखिएका संदिग्ध व्यक्ति सिद्धार्थ धर नै हुन् । यद्यपि यसको आधिकारिक पुष्टि हुन बाँकी छ । धर पुर्वी लण्डनका हुन् । र, धर्म परिर्वतन गरेर अबू रुमायशको नामबाट चिनिन्छन् । उनी मूल रुपमा हिन्दु हुन् र इस्लाम धर्म अपनाएर कट्टपन्थी संगठन अल मुहाजिरुनमा आवद्ध भए । धरकी बहिनीले बीबीसीलाई भनेकी छन् कि पहिलो पटक भिडियोको आवास सुन्दा उक्त आवाज आफ्नै दाइको त होइन भन्ने लाग्यो । तर, भिडियो हेर्दा उनी आफ्नो दाइ नै हुन् भनेर भन्न सकेनन् । उक्त भिडियोमा नकाब लगाएका एक बन्धुकधारीले बेलायती प्रधानमन्त्रीलाई चेतावनी दिइरहेका छन् ।

No comments:

Post a Comment