Friday, January 29, 2016

चोरीको आरोपमा दुई व्यक्ति पक्राऊ

१६ माघ, सोलुखुम्बु । सोलुखुम्बुको पावै ७ मा रहेको किराना पसलमा चोरी गर्ने २ व्यक्ति पक्राउ परेका छन् । गत बिहीबार राती किराना पसल फोरेर रिचार्ज कार्डसहित नगद चोरेर भाग्दै गरेको अवस्थामा प्रहरीले सोलुखुम्बु गुदेल ७ का बर्ष १९ का अबिरल कुलुङ र छेस्काम ७ का बर्ष १६ का दिपेश कुलुङलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १ लाख ६० हजार १ सय ९७ रुपैयाँ नगद, नेपाल टेलिकमको १ सय दरका ४३ थान रिचार्ज कार्ड, लेडिज ब्याग १ थान र मोबाइल सेट ६ थान बरामद भएको छ । उनीहरुको साथबाट खुकुरी र चक्कुसहित पीलास समेत बरामद गरिएको प्रहरी निरिक्षक पुष्कर बोगटीले जानकारी दिए । करिब ४ लाख बराबरको चोरी गरी भाग्दै गरेकोे अवस्थामा नेले प्रहरी चौकीले उनीहरुलाई नेलेमा पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यलय सल्लेरी ल्याइएको छ ।

No comments:

Post a Comment