Monday, January 25, 2016

स्वस्थ सरीरका लागि खानैपर्ने सुपर फ्रुट्स

विज्ञहरुका अनुसार सरीरको वजनको सिधा सम्बन्ध पाचन क्रिया वा उपापचयनसँग हुन्छ । मोटोपन सन्तुलनका लागि उच्च क्यालोरीयुक्त खानेकुराको सेवन कम गर्ने तथा रेसादार र फलफूलजन्य खानेकुराको सेवन अधिकतम गर्नुपर्ने हुन्छ । यस्ता केही फलफूलहरु छन् जसको सेबन गर्ने हो भने भोक पनि कम लाग्छ र सरीरमा इनर्जी लेभल पनि मेन्टेन भइरहेको हुन्छ । सरीरलाई स्वस्थ राख्ने, फिगर मेन्टेन गर्न सहयोग गर्ने तथा चम्किलो छाला बनाउन सहयोग पूराउने केही सुपर फ्रुट्स यी हुन्ः केराः दिनहुँ केरा खानाले सरीमा बोसोको दहन हन्छ, कार्बोहाइड्रेटको साटो । यसमा पोटासियम प्रसस्त मात्रामा पाइन्छ, जुन मांशपेशीको निर्माणमा महतवपूर्ण हुन्छ र बोसो दहन गर्न पनि सहयोग गर्छ । मौसमः मौसमलाई पनि सुपर फ्रुट्स भनिन्छ । यसले मुटुलाई स्वस्थ राख्नुका साथै सरीरको वजन समेत सन्तुलन गर्न सहयोग गर्छ । एन्टी अक्सिडेन्टले भरिपूर्ण मौसमले सरीरमा हुने खराब कोलेस्ट्रोल कम गर्दछ । स्याउः स्याउको नियमित सेवनले विभिन्न खाले रोगबाट बचाउँदछ । एउटा स्याउमा १ सय क्यालोरी उर्जा हुने भएकाले यो भोक मेटाउन पनि उत्तम विकल्प हुन्छ । यसमा विभिन्न थरी पौष्टिक तत्व पाइन्छ । खरभुजाः सरीरमा पानीको पर्याप्त आपूर्तिका साथै छालाको स्वास्थ्यका लागि खरभुजा खानु लाभदायी हुन्छ । यसमा भिटामिन ए पर्याप्त मात्रामा पाइन्छ र यसले एक्सफोलिएटरको काम गर्छ । यसले नयाँ कोषिकाको विकाशमा सहयोग गर्नुका साथै कोषिकाहरुको क्षयिकरण समेत रोक्न सहयोग गर्दछ । यसका साथै सुन्तला, कागती, आरु, आलुबखडा पनि सरीरलाई स्वस्थ राख्न तथा रोगप्रतिरोधी क्षमता वृद्धि गर्ने र छालामा निखारपन ल्याउनका लागि सहयोगी सिद्ध हुन्छन् ।

No comments:

Post a Comment