Friday, January 29, 2016

शिक्षा सुधारका लागि मन्त्रीको दैनिक बैठक

१५ माघ, काठमाडौं । शिक्षाका चालु र नयाँ कार्यक्रम कार्यान्वयनका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयका उच्च अधिकारीसँग दैनिक समीक्षा बैठक आयोजना गर्न थालेका छन् । मन्त्रालयका सचिव, सहसचिव र विभागीय प्रमुखसँग हुने नियमित बैठकमा अघिल्ला दिनको समीक्षा र सो दिन गर्नुपर्ने कामका बारेमा ताजगीकरण भई निर्देशन दिने गरिएको छ । मन्त्री काठमाडौँ उपत्यका वा अन्य बैठकमा रहेको अवस्थामा बाहेक दैनिक हुने यस्ता बैठकले कामको प्रभावकारिता बढाउन सहयोग पुग्ने मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले बताए । अघिल्ला शिक्षामन्त्रीहरूसँग उच्च कर्मचारीकै पहुँच नभएका गुनासो आउने गरेको सन्दर्भमा मन्त्री पोखरेलको यो कार्यलाई नयाँ प्रयोगसमेत मानिएको छ । मन्त्री पोखरेलले गत मङ्सिर ४ गते १८ बुँदे शैक्षिक सुधारको प्रतिबद्धता जारी गरेका तथिए भने भूकम्पबाट प्रभावित विद्यालयको पुनःनिर्माणका लागि अलग्गै एकाइ खडा गरी काम थालिएको छ । अहिले छवर्षे विद्यालय क्षेत्र विकास कार्यक्रमको अवधारणा निर्माण कार्य भइरहेको छ । रासस

No comments:

Post a Comment