पेरिस- फ्रान्सको राजधानीमा पेरिसका तीन स्थानमा श्रृंखलाबद्ध अातंककारी हमला हुँदा कम्तिमा १४० जनाको मृत्यु भएको छ। पेरिस सहरका प्रहरी अधिकारीले भने मर्नेहरूकाे संख्या १२० पुगेकाे पुष्टि गरेका छन्।
फ्रान्सेली टिभीका अनुसार अटोमेटिक राइफलबाट बन्धुकधारीले अन्धाधुन्द गोली चलाएका थिए। फ्रान्सका राष्ट्रपतिले राष्ट्रका नाममा सन्देश दिँदै संकटकालको घोषणा गरेका छन्। फ्रान्ससँगका सबै सीमा सिल गरिएका छन्।
सबैभन्दा ठूलो आक्रमण पेरिसकाे बेटाक्लाँ कन्सर्ट हलमा भएको थियाे। कन्सर्ट हेरिरहेका मानिसहरुलाई लक्ष्यित गर्दै एकजना बन्दुधकारीले नजिकैबाट फायरिङ्ग गरेकाे थियाे। पछि ती अाक्रमणकारी सुरक्षा कारवाहीमा मारिए। साे कन्सर्ट हललाई प्रहरीले घेरा हालेको छ। त्यहाँभित्र बन्दूक पड्किएका र विष्फोटका आवाजहरु बाहिरसम्मै सुनिरहेका छन्।
याेभन्दा अघि एउटा रेष्टुराँमा बन्दूकधारीहरूले हमला गरी १० जनाको हत्या गरेका थिए।
हमलाकाे तेस्राेे निसाना फ्रान्स र जर्मनीकाे खेल भइरहेकाे एउटा रंगशाला भयाे। त्यहाँ अात्मघाती विस्फाेट गराइएकाे बताइएकाे छ।
१० महिना अघि कार्टुन म्यागेजिन चार्ली हेब्डोकाे कार्यालयमा अातंककारी अाक्रमणकारी हमला भएकाे थियाे।
संकटकाल घाेषणा
फ्रान्सका राष्ट्रपतिले टेलिभिजनबाट राष्ट्रका नाउँमा सम्बाेधन गर्दै अाक्रमणकारीविरूद्ध मुलुक दृढ र एकबद्ध भएर उभिने बताएका छन्। 'दुईवटा निर्णयहरु गरिएका छन्, देशभर संकटकाल लगाइनेछ र दोस्रो सीमानाकाहरु बन्द गरिनेछ', राष्ट्रपति अाेलान्दले भने, 'यस कुरामा ढुक्क हुन सकियोस् कि हामीले आज राति जे देख्याैं त्यस्ताे कसैले गर्न नसकाेस्।'
पेरिस अाक्रमणमा विस्फाेटकाे अावाज सुनिँदा ओलान्दले फ्रान्स र जर्मनीबीच भइरहेको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हेरिरहेका थिए। साे रंगशालामा अातंककारी हमला भएकाे थियाे। घटना लगत्तै सरकारी कदमका लागि समन्वय गर्न उनी आन्तरिक मामिला मन्त्रालय पुगेका थिए।
अातंककारी हमलापिछ फ्रान्सकाे राष्ट्रिय रंगशालामा भएकाे भागाभाग। सबै तस्विर: एएफपी
No comments:
Post a Comment