Saturday, November 14, 2015
संविधान संशोधनमा कांग्रेसले माग्यो मधेसी मोर्चाको सहयोग मोर्चाले भन्यो-सीमांकन हाम्रो बटमलाइन हो
२८ कत्तिक, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव पारित गर्न मधेसी मोर्चासँग सहयोग मागेको छ । तर, मधेसी मोर्चाले भने आफूहरुको बटमलाइन सीमांकन भएको भन्दै त्यसमा प्रष्ट धारणा लिएर आउन भनेको छ ।
प्रमुख विपक्षी दल कांग्रेसको नेतृत्वले शनिबार मधेसी मोर्चाका नेताहरुसँग छलफल गरेको छ ।
सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा भएको छलफलमा कांग्रेस नेताहरुले सुशील कोइरालाले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अघि बढाउन सहयोग मागेको थियो । ‘कांग्रेसले संशोधन प्रस्ताव अघि बढाउन सहयोग मागेको छ’ मोर्चामा आवद्ध तमसपाका वरिष्ठ नेता रामनरेश रायले अनलाइनखबरसँग भने-‘यो हामीसँग सल्लाह गरेर वा हाम्रो सहमतिमा भएको होइन । यसप्रति हाम्रो कुनै सरोकार छैन भनेका छौं ।’
मधेसी मोर्चाका नेताहरुले कांग्रेस नेतृत्वको अघिल्लो सरकारले संसद सचिवालयमा दर्ता गरेको संशोधन मान्न नसकिने बताउँदै आएका छन् ।
संशोधनमा हाल कायम रहेको जिल्लामा एक क्षेत्र नघट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रस्ताव छ । तर, मधेसी मोर्चाले भने जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने माग गर्दै आएको छ ।
शनिबारको बैठकमा मधेसी मोर्चाले तराई दुई प्रदेश आफूहरुको बटमलाइन भएको भन्दै त्यसबारे कांग्रेसको धारणा मागेको छ । तर, कांग्रेसले भने सीमांकनसम्म पुग्ने बाटो संशोधन न भएको भन्दै सहयोग मागेको छ ।
कांग्रेस सचेतक ईश्वरी न्यौपानेले अनलाइनखबरसँग भनिन्-‘उहाँहरुले सीमांकनलाई बटमलाइन भन्नु भो, हामीले त्यो विषय पनि संशोधनमार्फत नै खुल्ला हुन्छ भनेका छौं ।’
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment