Friday, November 20, 2015
आयल निगमले भोलिदेखि आन्तरिक उडानका लागि तेल दिने
४ मंसिर, काठमाडौं । नेपाल आयल निगमले भोलि शनिबारदेखि आन्तरिक हवाइ सेवाका बिमानलाई तेल उपलब्ध गराउने भएको छ ।
मौज्दात कम भएको भन्दै आयल निगमको हवाइ इन्धन डिपोले शुक्रबार बिमानहरुलाई तेल दिएको थिएन । शुक्रबार निगमले इन्धन नदिएपछि दुई तिहाई उडान प्रभावित भएका थिए ।
आज नेपाल बायु सेवा निगम (एनएसी) को बिमानले कोलत्ताबाट २ वटा उडानमार्फत हवाइ इन्धन ल्याएकाले आपूर्ति सहज हुने आयल निगमको दाबी छ ।
‘आपूर्ति सहज भएपछि शनिबारदेखि आन्तरिक उडान प्रभावित हुँदैन,’ नेपाल आयल निगम सिनामंगल डिपो प्रमुख प्रदीप यादवले अनलाइनखबरसँग भने, ‘एनएसीले मध्यान्हसम्म एक खेप हवाइ इन्धन ल्याइसकेको छ ।’
दुईवटा बिमानमार्फत ४४ हजार लिटर इन्धन शुक्रबार आउने भएपछि भोलिदेखि आन्तरिक उडानका बिमानलाई तेल दिने उनले जानकारी गराए ।
एनएसीको बिमानले एउटा उडानबाट २२ हजार लिटर हवाइ इन्धन ल्याउने गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment