Monday, November 23, 2015
मोर्चाबाट यात्रु बस र भन्सारमा पेट्रोल बम प्रहार
राजविराज : मधेसी मोर्चाका कार्यकर्ताले स्थानीय प्रशासनको कर्फ्यू उल्लघंन गर्दै सप्तरीमा प्रदर्शन गरिरहेको छ ।
शनिबार रातिदेखि तनावग्रस्त बनेको सप्तरीको विभिन्न ठाउँमा सोमबार बिहानबाट पुनःप्रदर्शन शुरु भएको हो ।
प्रदर्शनका क्रममा मोर्चाका कार्यकर्ताहरुले सरकारी कार्यालयहरुमा पेट्रोल बम हानेका छन् ।
प्रदर्शनकारीहरुले राजविराज–५ स्थित भू–सरंक्षण कार्यालय र तिलाठीस्थित कुनौली–बेल्ही भन्सार कार्यालयमा पेट्रोल बम प्रहार गरेर आगजनीको प्रयास गरेका छन् ।
पेट्रोल बम हानेलगत्तै निभाएकाले कार्यालयहरुमा ठूलो क्षति नभएको सप्तरी प्रहरीले जनाएको छ ।
भन्सार कार्यालयमा पेट्रोल बम प्रहार गरेर फरार प्रदर्शनकारीहरु चढेका मोटरसाइकल भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोइलाडी बर्साइन–१ मा रहेको प्रहरी चौकीमा समेत प्रदर्शनकारीहरुले आगजनीको प्रयास गरेका छन् ।
पूर्वको कोसी ब्यारेज र पश्चिमको लहानमा रोकिएका करिब एक हजार सवारी साधनलाई सप्तरी प्रहरीले सोमबार विहान स्कर्टिङग गरी गन्तव्यस्थल पु¥याएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
प्रहरीको सुरक्षामा गएका सवारी साधनहरुमाथि प्रदर्शनकारीले पेट्रोल बम र ढुंङ्गा प्रहार गरेका छन् ।
उनीहरुले पूर्वपश्चिम राजमार्गअन्र्तगत भारदहमा को.३प ३१३६ नम्बरको मोटरसाइकल सोमबार विहान तोडफोड गरी आगजनी गरेका छन् ।
सप्तरी प्रशासनले सदरमुकाम राजविराजको केही भाग तथा भारदह र रुपनीमा कफ्र्यु आदेश जारी गरेको छ ।
पूर्व–पश्चिम राजमार्गको कोसी ब्यारेजदेखि पश्चिमको बलान खोलासम्म अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment