Friday, November 13, 2015

कलियुगको कामधेनु गाइ, जसले ब्याउँदै नब्याइकन पनि दिइरहेको छ दुध

गाइवस्तुले ब्वाएपछि मात्र दुध दिनुपर्ने हो । तर भारतमा भने गर्भ नै नरहेको तथा ब्वाउँदै नब्याएको एउटा गाइले खुरुखुरु दुइवर्ष देखि दुध दिइरहेको छ । भारतको राजगढस्थित देवठी मझगाउँमा थारो गाइले लगातार दुइ वर्षदेखि दुध दिइरहेको घटनाबाट स्थानीय बासिन्दाहरु समेत आश्चर्यमा परेका छन् । स्थानीय दिलाराम शर्मा नामका किसानले पालेको पहाडी नश्लको उक्त १८ वर्षीय गाइले दुध दिइरहेको छ । यो गाइलाई सुइ लगाएर गर्भाधान गराउने प्रयास पटक पटक गरिएको भएपनि गाइको गर्भ नरहेको र गाइले एक्कासी दुध दिन थालेको दिलाराम बताउँछन् । कल्चौँडो ठूलो भएको देखेपछि दुइवर्षअघि कुनै दिन गाउँलेले दिलारामकी श्रीमती शान्तीदेवीलाई गाइ दुहुन भनेछन् । शान्तीदेवीले गाइको थुन निचोर्दा दुध झरेन । केहीदिनपछि दुहुँदा गाइको थुनबाट पानी निस्कियो भने त्यसको केही दिनपछि बाट भने गाइको थुनबाट दुध नै निस्किन थाल्यो । त्यसपछि दिलारामको परिवारले नियमित रुपमा उक्त गाइबाट दुध दुहिरहेको छ । अझ अनौठो त के भने दिलारामकी श्रीमती शान्तीदेवीको मृत्यु भएपछि ३ दिनसम्म गाइले घाँस पनि खाएन र दुध पनि दिएन । केही दिनपछि गाइले घाँस त खान थाल्यो तर दुध पनि निकै कम दिनथाल्यो । हाल उक्त गाइले दिनमा दुइपटक पौने लिटर दुध दिने गरेको छ । पहिले ३,४ लिटर सम्म दिने गर्दथ्यो । विना गर्भाधारण १६ वर्षको उमेरदेखि दुध दिइरहेको यो गाइलाई स्थानीय बासिन्दाले कामधेनु गाइको स्वरुप मानेर पुजा गर्ने तथा गहुँत खाने गरेका छन् । पशु चिकित्सकहरुका अनुसार भने हर्मोनको गडबडीका कारण गाइले विना गर्भाधारण नै यसरी दुध दिएको हुनसक्छ ।

No comments:

Post a Comment