Tuesday, November 10, 2015
भारतीय राजदूतले भने-‘नाकाबन्दी’ हट्ने दाबी अफबाह मात्र
रक्सौल नाका नखुलेसम्म ७० प्रतिशत आपूर्ति रोकिन्छ
२४ कात्तिक, काठमाडौं । नेपालका लागि भारतका राजदूत रणजीत रायले मधेस समस्या समाधान नभएसम्म सीमा नाकामा देखिएको पारबहन समस्या समाधान नहुने बताएका छन् ।
रिपोर्टस क्लबमा मंगलवार साक्षात्कार कार्यक्रममा भारतीय राजदूतले भने-नाकाबन्दी खुल्ने भनेर मेरो नाम कोट गरेर आएका समाचार अफबाह र अनुमान मात्र हुन् ।’ भारतले नाकाबन्दी नलगाएको दोहोर्याउँदै भारतीय राजदूतले मधेसी आन्दोलनकारीको अवरोधका कारण सीमा नाकाबाट आपूर्ति असहज भएको दावी गरे ।
मधेस आन्दोलनका माग र मुद्धालाई गम्भीरतापूर्वक लिएर राजनीतिक ढंगले समाधान नगरेसम्म वीरगन्ज नाका नखुल्ने र वीरगन्ज नाका नखुलेसम्म आपूर्ति समस्या कायम रहने उनले प्रष्ट पारे ।
नेपाल र भारतका अन्य सीमा नाकाहरु सहज बनाउन पहल भइरहे पनि त्यहाँबाट ३० प्रतिशत आपूर्ति मात्र सम्भव रहेको भन्दै राजदूतले रक्सौल वीरगन्ज नाका खुलाउन मधेस आन्दोलन समाधान हुनुपर्ने बताए ।
नेपाल सरकारले सोमवारको मन्त्रिपरिषद बैठकमार्फत भारतलाई आपूर्ति तथा पारवहन सहज बनाउन पारित गरेको भनिएको विशेष प्रस्ताव आफूले औपचारिक रुपमा नपाएको राजदूतले बताए ।
राजदूतले भने-‘त्यो विशेष प्रस्ताव म समक्ष आयो भने तत्काल भारत सरकारसम्म पुर्याउनेछु ।’
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment