Sunday, November 15, 2015
धनगढी भन्सार नाकाबाट १७ ट्यांकर इन्धन भित्रियो
कार्तिक २९, २०७२- कैलालीको धनगढीस्थित त्रिनगर भन्सार नाकाबाट ५ दिनपछि नाकामा रोकिएका १७ ट्यांकर इन्धन र १ बुलेट ग्यास भित्रिएको छ ।
कैलाली भन्सार कार्यालयका अनुसार आइतबार १७ ट्यांकर इन्धन र १ बुलेट ग्यास भित्रिएको छ । जसमा डिजेल १४, मट्टितेल २ र हवाई इन्धन १ ट्यांकर रहेको छ । त्यस्तैं सोमबार ५० मालबाहक गाडी समेत आएका छन् ।
नेपाल आयल निगमको क्षेत्रीय कार्यालय धनगढीका सहायक प्रबन्धक शिवराज भण्डारीले आएको सबै डिजल सोमबार वितरण गरिने बताए । ‘पाँच दिनदेखि नाकामा रोकिएका ट्यांकर मात्रै आएको हो,’ उनले भने, ‘त्रिनगर–गौरीफन्टा नाकामा भारतीय एसएसबीले रोकेका थिए ।’ उनले भारतको वनथरास्थित डिपोमा ४ ट्यांकर अझै लोड हुन बाँकी रहेको बताए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment