Sunday, November 15, 2015

जोगवनी नाकाबाट १९३ ट्याङकर इन्धन भित्रियो

विराटनगर-जोगवनी नाकाबाट ५ दिनमा १ सय ९३ ट्याङकर इन्धन भित्रिएको छ । बिहार विधानसभाको चुनाव देखि एक साता इन्धन आयात ठप्प रहेको जोगवनी नाकाबाट बुधबार देखि आइतबार दिउँसो सम्ममा १ सय ९३ ट्याङकर इन्धन नेपाल भित्रिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । पछिल्ला ५ दिनमा जोगवनी नाकाबाट १ सय २० ट्याङकर डिजेल,५० ट्याङकर पेट्रोल र २५ बुलेट ग्याँस भित्रिएको विराटनगर भन्सारका अधिकृत राजेन्द्र ढुङगानाले जानकारी दिए । उनका अनुसार जोगवनी नाकामा आन्दोलनकारीका तर्फबाट कुनै अबरोध नभएकाले इन्धन र औद्योगिक कच्चापदार्थका ट्रकहरू पनि धमाधम भित्रिरहेका छन् । आइतबार दिउँसो सम्ममा २७ ट्याङकर इन्धन भित्रिएको भन्सार कार्यालयले जनाएको छ । नेपालललाई अघोषित नाकाबन्दी गर्दै आएको भारतले जोगवनी नाका केहि खुकुलो पार्ने र केहि दिन कडाइ गर्दै आयात ठप्प पार्दै आएको छ । नेपालबाट भारततर्फ जाने खाली ट्रक र ट्याङकरहरूलाई भने भारतीय पक्षले अबरोध गरेको छैन ।

No comments:

Post a Comment