Friday, November 13, 2015

पाकिस्तानले प्रस्ताव गर्‍यो १९ औं सार्क सम्मेलनको मिति


२८ कात्तिक, काठमाडौं । पाकिस्तानले अर्को वर्ष हुने १९ औं सार्क शिखर सम्मेलनको मिति प्रस्ताव गरेको छ । पाकिस्तानले अर्को वर्ष हुने सार्क सम्मेलनका तीन विकल्पसहित मिति प्रस्ताव गरेको हो । गत वर्ष काठमाडौंमा भएको १८ औं सार्क सम्मेलनले अर्को सार्क सम्मेलन पाकिस्तानमा गर्ने तय गरेको थियो । पाकिस्तानले सार्क प्रोग्रामिङ कमिटीको मिटिङ नोभेम्बर ६ मा गर्ने प्रस्ताव गरेको छ । पाकिस्तानको प्रस्ताव अनुसार विदेशमन्त्रीहरुको बैठक नोभेम्बर ९ मा हुनेछ । सार्क सम्मेलनका लागि नोभेम्बर १० र ११ को मिति प्रस्ताव गरिएको छ । पाकिस्तानले नोभेम्बर १३ देखि १८ र २० देखि २५ को मिति पनि प्रस्ताव गरेको छ । सार्कमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, श्रीलंका, भुटान र अफगानिस्तान सहभागी छन् । उसले अर्को वर्ष नोभेम्बर १३ देखि १८ भित्र सम्मेलन गर्ने प्रस्ताव पठाएको छ । पहिलो सार्क सम्मेलन १९८५ मा बंगलादेशको ढाकामा भएको थियो । तर, ३० वर्षमा १८ बटा मात्र सम्मेलन भएका छन् । भारत र पाकिस्तानवीचको झगडाले अधिकांश सार्क सम्मेलन प्रभावित हुने गरेका छन् ।

No comments:

Post a Comment