एउटा घरभित्रबाट आवाज आइरहेको थियोः मैले तँलाई मार्छु, मैले तँलाई मार्दैछु । निरन्तर यस्तो आवाज आएपछि रक्तपातको डरले स्थानीय बासिन्दाले पुलिसलाई खबर गरे । पुलिस तत्कालै आयो । मर्ने मानिसलाई जोगाउनु तथा मार्न खोज्नेलाई पक्रिनु पुलिसको काम जो थियो । तर मामिला रहेछ अर्कै । जब पुलिस पूरै ज्यान मार्ने उद्योग गरिरहेको व्यक्तिलाई पक्रिन भनेर पूरै एक्सनका साथ घरभित्र छिर्यो तब लाजले भुतुक्कै हुनुको विकल्प रहेन । किनकी पुलिसले घरभित्रको मानिससँग सोधपुछ गर्दा पो थाहा भयो मामिला माकुरो हत्याको रहेछ ।
तत्कालै पुलिस आयो । घरको ढोका ढकढकायो । भित्रबाट ढोका खोल्न एक ३० वर्षको युवक आयो र ढोका खोल्यो । पुरुषसँग सोधियो की उसकी श्रीमती कहाँ छिन् ? उसले जवाफ दियो, मेरी श्रीमती नै छैनिन् ।
पुलिसले थप अनुसन्धानपछि पत्ता लगायो की त्यो युवक अविवाहित नै रहेछ । अनि पुलिसले सोध्यो ः कसलाई मार्छु भनेको त ?
युवकले सविस्तार बतायो । उसको कोठाभित्र एउटा ठूलो माकुरोले लामो समयदेखि दुख दिइरहेको रहेछ । कहिले कता लुक्ने त कहिले कता लुक्ने गरेर त्यो माकुरोलाई उसले मार्नै सकेको रहेनछ । त्यहीँ कारण रिसको पारो तातेपछि त्यो युवक चिच्याउँदै, टेबुल फ्याँक्दै माकुरोको हत्या अभियानमा सरीक भएको रहेछ ।
एकजना महिला रोएको जस्तो आवाज पनि आएको थियो रे नि त ? पुलिसले सोध्यो । होइन सर, त्यो म नै हुँ । महिला रोएजस्तो आवाज निकालेको मात्र हुँ । मैले माकुरालाई निकै घृणा गर्छु । उसले जवाफ दियो ।
No comments:
Post a Comment