Sunday, November 15, 2015

पेट्रोल राखिएको ग्यारेजमा आगलागी, एक जनाको मृत्यु

कार्तिक २९, २०७२- नेपालगन्जको खजुरा रोडस्थित टायर रिसोलिङ सेन्टरमा आइतबार मध्यान्ह आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । शव जलेको अवस्थामा भेटिएकाले सनाखत हुन सकेको छैन । उक्त ग्यारेज पसलमा खुला रुपमा पेट्रोल राखिएको र त्यसैबाट आगो सल्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगलागीबाट झण्डै आठ लाख बराबरको क्षति पुगेको प्रहरीको अनुमान छ । प्रहरीले ग्यारेजका संचालक रिजवान हल्वाईलाई सोधपुछका लागि पक्राउ गरेको छ । पेट्रोलको बोतलबाट सुरु भएको आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मे परेको थियो । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले झण्डै ४५ मिनेट लगाएर आगलागी नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख एसपी बसन्त पन्तले बताए ।

No comments:

Post a Comment