Friday, November 20, 2015

माधव नेपालको घरमा मधेसी मोर्चाका कार्यकर्ताद्वारा तोडफोड

४ मंसिर, गौर । रौतहटको गौर नगरपालिका ३ स्थित एमाले नेता माधव कुमार नेपालको घरमा मधेसी मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका छन् । गौर ९ बाट निस्किएको मोर्चा कार्यकर्ताहरुको जुलुसले घरमा तोडफोड गरेको हो । नेता नेपालको घर अगाडिबाट जुलुस अघि बढ्दा केही युवाहरुले घरमा ईंटा र ढुंगा बर्साएका थिए भने गेटमा रड र बाँसको भाटाले प्रहार गरेका थिए । ढुंगा लागेर घरको सिसा फुटेको छ । मुल गेट पनि कुच्चिएको छ । सो घर नेता नेपालले एक एनजीओलाई भाडामा प्रयोग गर्न दिएका थिए । लामो समयदेखि जारी मधेस आन्दोलनका कारण एनजीओ पनि सो घरमा छैन । घर हाल कोही पनि बस्दैनन् ।

No comments:

Post a Comment