Monday, November 23, 2015

भारतको काश्मिरमा हेलिकोप्टर दुर्घटना, सातको मृत्यु

भारत: भारतीय काश्मिरमा सोमबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी त्यसमा रहेका सबै सातै जनाको ज्यान गएको छ । उक्त हेलिकोप्टरमा छजना तीर्थयात्री थिए । तीर्थयात्राका क्रममा रहेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जनाएका छन् । काश्मिरमा रहेको प्रसिद्ध तीर्थस्थल वैष्णोदेवीबाट तीर्थाटन गरी फर्किनेक्रममा हेलिकोप्टर खसेको थियो । उक्त दुर्घटनामा परी त्यहाँ रहेका छजना तीर्थयात्री र एक पाइलटको ज्यान गएको हो । कत्रा नगरबाट सो हेलिकोप्टर उडेको केही क्षणमै दुर्घटना भएको थियो । सो तीर्थयात्रामा बर्सेनि दशौँलाख नागरिक जाने गर्दछन् । जम्मुका एकजना वरिष्ठ प्रहरी अधिकारी डेनिस रानाले सो हेलिकोप्टर दुर्घटनामा परी सो हेलिकोप्टर चालक एक महिला र छजना तीर्थालूको ज्यान गएको जानकारी दिए । दुर्घटनाको कारण पत्ता नलागेको भन्दै सो कारण अनुसन्धानरत रहेको उनले बताए ।

No comments:

Post a Comment