Sunday, November 29, 2015
मोर्चाको धर्ना छल्दै मध्यरातमा २६ ट्यांकर इन्धन भित्रियो
नेपालगन्ज : नेपालगन्ज नाकाबाट मध्यराति २६ वटा इन्धनका गाडी नेपाल भित्रिएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बाँकेले दसगजामा धर्ना दिएकाले रुपेडियामा रोकिएका इन्धनका गाडीलाई बाँके प्रशासनले मध्यरातमा भित्र्याएको हो ।
मोर्चाका कार्यकर्ताले रातको ११ बजेसम्म धर्ना दिएका थिए । धर्ना सकिएपछि मध्यरात १२ बजेदेखि १ बजेसम्म २५ ट्यांकर डिजल, एक ट्यांकर पेट्रोल र २२ वटा मालवाहक गाडी नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज सई विष्णु गिरीले जानकारी दिए ।
भन्सार गरेर आइतबार दिउसो सबै राति भित्रिएका इन्धन ट्यांकर नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जमा पुगिसेकेको निगमले जनाएको छ ।
नेपालगन्ज रुपेडिया नाकामा शुक्रबारदेखि मोर्चा कार्याकर्ता निरन्तर धर्ना बसिरहेका छन् ।
धर्नाका कारण एक दर्जन बढी इन्धनका गाडीसहित १ सयबढी मालवाहक गाडी भारतको रुपेडियामा रोकिएर रहेका छन ।
फाटो क्याप्सन ः नेपालगन्ज भित्रिएका इन्धनका गाडिहरु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment