८ मंसिर, काठमाडौं । सप्तरीको विभिन्न स्थानमा शनिबार मध्यरातबाट जारी भएको कर्फ्यू हटेको छ । मंगलबार दिउँसो ३ बजेबाट कफ्र्यू हटाइएको प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरले जानकारी दिएका छन् ।
शनिबार मध्यरातबाट तनावग्रस्त बनेको सप्तरीमा स्थानीय प्रशासनले भारदह, रुपनी र राजविराजमा कर्फ्यू लगाएको थियो ।
तर, मंगलबार भने केही शान्त छ । शनिबार मध्यराति र आइतबार भएको झडपमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ ।
No comments:
Post a Comment