Saturday, November 21, 2015

छोरी जन्मिएपछि जुकरवर्गको यस्तो घोषणा

विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले आफ्नी छोरी जन्मेपछि २ महिना लामो ‘पिर्त बिदा’ लिने घोषणा गरेका छन् । जुकरवर्गले आफ्नो टाइमलाइनबाट शनिबार यस्तो घोषणा गरेका हुन् ।यसलाई उनले एकदमै व्यक्तिगत निर्णय भनेका छन् । फेसबुकले आफ्ना अमेरिकी कर्मचारीहरुलाई ४ महिनासम्मको तलबी अभिभावकीय बिदा दिने गर्दछ । जुन बच्चा जन्मेलगत्तै लगातार वा एक वर्षभित्रमा लिन मिल्छ । जुकरवर्गले गर्भवती पत्नी प्रिसचिला चान र आफूले छोरी शिशुको प्रतीक्षा गरिरहेको गत जुलाईमा उल्लेख गरेका थिए । उनले बिदाका बेला कसले आफ्नो काम सम्हाल्ने भन्ने उल्लेख गरेका छैनन् । कान्तिपुर दैनिकमा खबर छ ।

No comments:

Post a Comment