Sunday, November 15, 2015

झापामा 'नयाँ शक्ति' गठन

काँकडभिट्टा (झापा)– पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको 'नयाँ शक्ति निर्माण अभियान' अन्तर्गत झापामा पहिलोपटक आइतबार मेचीनगरमा २७ सदस्यीय समिति गठन भएको छ। पुष्प पौडेलको संयोजकत्वमा गठन भएको समितिको सहसंयोजकमा उत्तम भण्डारी र सदस्यहरुमा वीरबहादुर श्रेष्ठ, चन्द्रजीत राई, गोकुल हुमागाई, कमला पराजुली, टीका बनियाँलगायत रहेका छन्। नयाँ शक्ति निर्माण अभियानले झापाका सबै नगरपालिका र गाविसहरुमा समिति गठन गर्न छलफल चलाइरहेको संयोजक पौडेलले बताउनुभएको छ । रासस

No comments:

Post a Comment