Friday, November 20, 2015

मधेसी मोर्चाले विद्यालय खोल्न नदिने

नवलपरासी : मधेसी मोर्चाको केन्द्रिय समितिले बन्दमा बिहानी सत्रमा स्कुल खुलाउन दिने निर्णय जिल्लामा कार्यान्वयन नहुने भएको छ । अघिल्लो पटक भएका बन्दमा पनि स्कुल नखोलेर आलोचित मोर्चाका कार्यकर्ताहरुले चौतर्फी दबाबपछि स्कुल सञ्चालन गर्न भनेका थिए । तर अहिले भने केन्द्रिय समितिले निर्णय गरेपनि जिल्ला तहमा स्कुल सञ्चालन गर्न नदिने निर्णय गरिएको संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष धरेन्द्र यादवले बताए । पहिलो चरणको आन्दोलन सुरु भएको डेढ महिनासम्म स्कुल बन्द गरेपछि आलोचित बनेको मोर्चाले बिहानी सत्रहुँदै क्रमशः दिउँसोमा पनि कक्षा सञ्चालन गर्न दिएको थियो । ‘पहिला केन्द्रले बन्द गर्दा हामीले खोलेका थियौं, अहिले केन्द्रले खोल्दा हामीले बन्द गरेका हौं’, अध्यक्ष यादवले भने, ‘स्कुल खोल्दा बालबच्चा पुर्‍याउन भन्दै मोटरसाइकल चलाउने र क्रमशः यातायात सञ्चालन हुने भएकाले पठनपाठन बन्द गरिएको हो ।’ बन्द लम्बिने सम्भावना बढेर गए ९ गतेपछि स्कुल खोल्नेबारे पूनर्विचार गर्न सकिने यादवले बताए । स्कुल खुलेपछि पूरा हुन नसकेका कोर्स समय मिलाएर अघि बढाउने रुटिङ्ग विद्यालयहरुले बनाएका थिए । लामो समयपछि स्कुल जान पाएका विद्यार्थीहरु पढ्न पाएकोमा खुसि देखिन्थे तर फेरि भएको बन्दले विद्यालय सञ्चालकदेखि विद्यार्थी र अभिभावकहरु सबै निराश बनेका छन् । बन्दका कारण परासीसहित दक्षिणभेगका करिब एक सय ६० बढी विद्यालयको पठनपाठन प्रभावित बन्दै आएको छ ।

No comments:

Post a Comment