Tuesday, November 24, 2015
१० वर्षीया सालीलाई बलात्कार पछि हत्या गर्ने पक्राऊ सामुहिक बलात्कारका ३ आरोपी सार्वजनिक
८ मंसिर, सुर्खेत । दश वर्षीया बालिकालाई बलात्कार गरेर हत्या गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई सुर्खेत प्रहरीले सार्वजनिक गरेको छ ।
नेटा गाविस ७ कल्लेरीका ३२ वर्षीय खडकबहादुर गाहामगर, ३८ वर्षीय यामबहादुर रास्कोटी मगर र कल्याण-१ का पूर्णबहादुर ठाडामगरलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको हो । पूर्णबहादुर सीमाका भिनाजु हुन् भने खड्कबहादुर सशस्त्र प्रहरीका भगौडा प्रहरी हुन् ।
गत कात्तिक ३० गते छिन्चुस्थित घरबाट दशरथपुर बजारमा सामान किन्न भनेर हिँडेकी १० वर्षीया एक बालिकालाई उनीहरुले सामूहिक बलात्कार गरेर हत्या गरेका थिए । नेटा ७ को पहिरो खोलामा बलात्कार गरिसकेपछि ढुंगाले हानेर उनीहरुले बालिकाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।
बजार जान भनेर हिँडेकी छोरी अबेरसम्म पनि घर नफर्किएपछि घरका सदस्यले छोरी हराएको सूचना इलाका प्रहरी कार्यालय छिन्चुलाई दिएका थिए । छिन्चुका प्रहरी निरिक्षक भरत चौधरीको टोलीले घटनाबारे अनुसन्धान थालेको थियो । ३० गते नै राती १० बजे बालिकाको शव भेटिएको थियो ।
जवरजस्ती करणी गरी कर्तब्य ज्यान शीर्षकमा जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ । यस्तो कार्य गर्नेलाई मुलुकी ऐन ज्यान सम्वन्धि महलको १३ (३) नं. बमोजिम सर्बस्वसहित जन्मकैद, १० वर्षकी नावालिकालाई सामूहिक जवरजस्तीकरणी गरेकोमा मुलुकी ऐन जवरजस्तीकरणी महलको ३ (२) बमोजिम ८ देखि १० वर्ष कैद र सोही महलको ३ (क) अनुसार सामूहिक रुपमा जवरजस्ती करणी गर्नेलाई थप ५ वर्ष कैद सजाय हुने कानुनी प्रावधान छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment