Sunday, November 15, 2015

तिहारभर सडक दुर्घटनामा १६ को मृत्यु

कोहलपुर–तिहारको समयमा मध्य र सुदुरपश्चिममा भएका सडक दुर्घटनामा १६ जनाले ज्यान गुमाएका छन्। गएको २३ गते सोमबारदेखि २८ गते शनिबारसम्म भएका सडक दुर्घटनामा १६ जनाले ज्यान गुमाएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ। यो अवधिमा सडक दुर्घटनामा मध्यपश्चिममा चार र सुदूरपश्चिममा १२ व्यक्तिको मृत्यु भएको छ। बाँकेमा २, रोल्पा र जाजरकोटमा १÷१ गरि मध्यपश्चिममा चार जनाको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। सुदुरपश्चिमको बैतडीमा छ, दार्चुलामा पाँच र अछाममा एकजनाको मृत्यु भएको छ। अत्याधिक मदिरा सेवन, तीव्र गतिमा सवारी चलाउने र क्षमताबढी लोल बोक्दा सवारी दुर्घटनामा १६ जनाको मृत्यु भएको हो । तिहारभर सडक दुर्घटनामा ६० बढी घाइते भएको जनाएको छ ।

No comments:

Post a Comment