Monday, November 23, 2015
टिभी हेर्न आएको रिसमा बालिकाको हत्या
भैरहवा : सधैं घरमा टीभी हेर्न आएको रिसमा रुपन्देहीको सूर्यपुरा सिसौघारीमा सात वर्षीय बालिकालाई छिमेकी एक किशोरले हत्या गरेका छन्।
छिमेकी २१ वर्षीय किशोर हरि खत्रीले कृष्णवहादुरकी ७ वर्षीय एन्जल दर्जीलाई घरनजिकैको सिसौघारीमा लगी घाँटी थिचेर मारी घटनास्थलमा रहेको पुरानो खाल्टोमा पुरिदिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
मंसीर २ गते साँझदेखि हराई रहेकी बालिकालाई परिवारजन एवं प्रहरीले व्यापक खोजतलास एवं अनुसन्धान गर्ने क्रममा सोमबार आरोपित हरि पक्राउ पर्नुका साथै उनकै बयानका आधारमा बालिक मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक कार्कीले बताए ।
‘छड पूजाको भोलिपल्ट बुधवार गाउँमा पिकनिक मनाएका थियौ । त्यहाँ रक्सी खाएको र घर आउँदा केटीले टिभि हेरिरहेकी थिईन । झोक चल्यो सिसौघारी पुराएर घाँटी थिची मारिदिए ।’ अभियुक्त हरि खत्रीको प्रहरीसंगको वयानमा बताएको भनाई उधृत गर्दै प्रहरी उपरीक्षक कार्कीले भने ।
प्रहरीले अभियुक्त खत्रीमाथि कर्तव्य ज्यान मुद्धाको अभियोगमा रुपन्देही अदालतबाट १५ दिनको पहिलो पटकका लागि हिरासतमा राखी थप अनुसन्धान कार्वाही अगाडी वढाउने आदेश दिएको छ ।
किशोर खत्रीको श्रीमती, एक छोरा, दुई भाई र आमा रहेका छन् । उनका बाबु अर्जुनले विदेश कतारमा गाडी चालकको काम गर्दछन्।
टिभी हेर्न आएको रिसमा बालिकाको हत्या
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment