Monday, November 23, 2015

मधेसी मोर्चाबाट सेनाका जवान कुटिए

राजविराज : शनिबार रातिबाट उग्र प्रदर्शन गरिरहेका मधेसी मोर्चाका कार्यकर्ताहरुले सोमबार दिउँसो राजविराजमा नेपाली सेनाका एक जवानलाई कुटपिट गरेका छन् । राजविराजस्थित नेपाली सेनाको कृष्ण दल गणका सिपाही बालकृष्ण गुप्तालाई मोर्चाका कार्यकर्ताले लछारपछार गर्दै कुटपिट गरेका हुन् । व्यारेकबाट सादा पोशाकमा सामान किन्न निस्केका उनलाई मोर्चा कार्यकर्ताले कुटपिट गरेपछि मोबाइल फोन पनि खोसेर लगेका छन् । मोर्चाका कार्यकर्ताहरुले उनलाई प्रहरी भएको आशंकामा कुटपिट गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । कुटपिटबाट सामान्य चोट लागेका उनलार्इ सुरक्षाकर्मीले उद्दार गरी व्यारेक पठाएका छन् ।

No comments:

Post a Comment