Thursday, November 19, 2015

मधेसी मोर्चाले विहान स्कुल खोल्न दिने, औषधि पनि ल्याउन दिने

३ मंसिर, काठमाडौं । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भोलिबाट स्कुल खोल्न दिने भएको छ । साथै उसले बिराटनगर नाकाबाट औषधि ल्याउन दिने भएको छ । सिंहदवारमा बसेको मधेसी मोर्चाको बसेको बैठकले साथै विहानको समयमा स्कुल र क्याम्पस सञ्चालन गर्न दिने भएको छ । साथै औषधि, अक्सिजन र स्वास्य सम्वन्धी उपकरणहरु बिराटनगर सीमाबाट ल्याउन दिने भएको छ । मोर्चाका शीर्ष नेताहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ-‘विरामीहरुको स्वाथ्य उपचारलाई गम्भीरतापूर्वक लिई मानवताको नाताले औषधि, अक्सिजन र स्वास्थ्यसम्वन्धि उपकरणहरुलाई दिनको समयमा मात्र विराटनगर सीमा नाकाबाट ल्याउन दिने र सो कार्यलाई सहयोग गर्ने निर्णय गरियो ।’ सीमाको अवरोध कायमै राख्ने मधेसी मोर्चाले आफूले उठाएको मुद्धालाई वार्तामार्फत सम्बोधन गर्न प्रमुख तीन दल अझै गम्भीर नभएको भन्दै आन्दोलन सशक्त बनाउने बताएको छ ।

No comments:

Post a Comment