Friday, November 13, 2015

क्रिकेटर युवराजले गरे नायिकासँग इन्गेजमेन्ट

क्रिकेटर युवराज सिंहले नायिका हेजल किचसँग इन्गेजमेन्ट गरेका छन् । इन्डोनेशियाको बालीमा यी दुइले इन्गेजमेन्ट गरेका हुन् । लामो समयदेखि यी दुई एक अर्कामा डेट गरिरहेका थिए । केही हप्ता अगाडि बिहे गरेका क्रिकेटर हरभजन सिंहको बिहेमा पनि यी दुई देखिएका थिए । युवराज र हेजलको बिहे पूर्ण रितिरिवाजमा हुने भएको छ । फत्तेहगढको हंसालीवालामा यी दुइको बिहे हुँदैछ । यसपछि आफ्ना नजिकका आफन्तलाई युवराजले चण्डीगढमा पार्टी दिने कार्यक्रम छ । हेजल बि्रटिश मुलकी भारतीय नायिका हुन् । उनले आ आन्टे अमलापुरम जस्तो हिट आइटम नम्बर पनि नृत्य गरेकी थिइन् । हेजल सलमान खानको चलचित्र वडिगार्डमा देखिएकी थिइन्, यसपछि उनको चर्चा बढेको थियो ।

No comments:

Post a Comment