Saturday, November 21, 2015

सप्तरीमा आन्दोलनकारीद्वारा कर्फ्यू उलंघन, प्रहरीको गोलीबाट मर्नेको संख्या ३ पुग्यो

सप्तरीको रुपनीमा आन्दोलनकारीले स्थानीय प्रशासनले लगाएको कर्फ्यू उल्लंघन गरेका छन् । विरोध प्रदर्शन गर्दै आएका आन्दोलनकारीले प्रशासनले लगाएको कर्फ्यू उल्लंघन गरेपछि अहिले प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान भइरहेको छ भने प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।गएराति रुपनी जमुनी मधेपुरा गाविस ९ बस्ने ३० वर्षका नागेश्वर यादवको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर बसेका आन्दोलनकारीलाई हटाउन प्रहरीले बल प्रयोग गर्दा प्रहरीको गोली लागि यादवको मृत्यु भएपछि आन्दोलनकारी बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । मध्यरातमा भएको प्रहरी कार्वाहीमा उनीहरुको मृत्यू भएको हो । मृत्यु हुनेमा श्रवण साफी रहेका छन् । यसअघि प्रहरीले गोली चलाउँदा सप्तरी गाढा–९ का विरेन्द्र राम र जमुनी मध्यपुरमा–७ का नागेश्वर यादवको ज्यान गएको थियो । सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालध्वज सुवेदीका अनुसार भारदह र रुपनीमा यी दुईको गोली लागेको र उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।

No comments:

Post a Comment