Tuesday, November 24, 2015
तत्काल सेना परिचालन हुँदैन : सञ्चारमन्त्री राई आर्थिक संकटबारे श्वेत पत्र जारी गर्ने तयारी
८ मंसिर, काठमाडौं । सूचना सञ्चार तथा प्रविधि मन्त्री शेरधन राईले सरकारले तराई आन्दोलन नियन्त्रणका लागि सेना परिचालन नगर्ने स्पष्ट पारेका छन् । सेना परिचालन र प्रशासनिक दवाब दिएर तराईको आन्दोलन नियन्त्रण नहुने उनले बताए ।
रफत सञ्चार क्लबले मंगलबार आयोजना गरेको साक्षात्कारमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले देशमा विषम परिस्थिति सिर्जना नभएसम्म सरकारले सेना परिचालन नगर्ने स्पष्ट पारे ।
तर, देशको शान्ति सु-व्यवस्थामा खलल पर्ने अवस्था आए संविधान अनुसार सेना परिचालन गर्न सकिने मन्त्री राईले बताए ।
देश संकटकाल तर्फ गईसकेको भन्ने निष्कर्ष सरकारले ननिकालेको तर अर्थतन्त्रमा उत्पन्न समस्याबारे श्वेतपत्र जारी गर्ने तयारी भने भईरहेको उनले जानकारी दिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment