Sunday, November 29, 2015
प्रधानमन्त्रीले बोलाए काँग्रेस र मधेसी मोर्चासहितको वार्ता
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश समस्या समाधान गर्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहित मधेसमा आन्दोलनरत दलहरुसँग वार्ता आव्हान गरेका छन्।
सोमबार दिउँसो बालुवाटारमा बस्नेगरी वार्तामा बोलाइएको सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता शेरधन राईले सेतोपाटीलाई जानकारी दिए।
मधेसवादी दलसँग सरकारी वार्ता टोलिले पटकपटक गरेको यसअघिको वार्ता असफल भएको सन्दर्भमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षीसहितको वार्ता बोलाएका हुन्।
यसअघिको वार्तामा काँग्रेस सहभागि नभए पनि काँग्रेसबिना समस्या समाधान नहुने भन्दै प्रधानमन्त्री ओलीले आफ्नै अग्रसरतामा काँग्रेससहितको वार्ता आव्हान गरेका हुन्।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment