Friday, November 20, 2015
भारतीय नाकाबन्दी विरुद्ध अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन
सिड्नी । भारतीय नाकाबन्दीको बिरोधमा गैरआवासीय नेपालीहरुले अष्ट्रेलियाको सिड्नीमा शुक्रबार प्रदर्शन गरेका छन् ।
सिड्नीको मार्टिन प्लेसमा प्लेकार्डसहित भेला भएका सयौं नेपालीहरुले प्रदर्शन गर्दै भारतलाई तत्काल नाकाबन्दी हटाउन र नेपालमाथिको हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन् ।
गैरआवासीय नेपाली संघको आह्वानअनुरुप गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अगुवाईमा नेपालीहरु प्रदर्शन गर्न पुगेका थिए ।
‘अझै कति जना नेपालीले ज्यान दिनुपर्छ बिश्व समुदाय नाकाबन्दीबिरुद्ध बोल्न ?’ मोदी भूपरिवेष्ठित मुलुकको ब्यापार अधिकारको सम्मान गर, मोदी नेपालमाथिको अमानवीय, गैरकानुनी र गैरन्यायिक नाकाबन्दी बन्द गर लगायतका सन्देश लेखिएका प्लेकार्ड लिएर नेपालीहरु प्रदर्शनमा सहभागी भएका थिए ।
एनआरएन अष्ट्रेलियाले दबापस्वरुप पहिलो चरण बिरोध प्रदर्शन गरेको हो ।
‘दोस्रो चरणमा हामीले भारतीय दूतावास र वाणिज्यदूतावासमा बिरोध पत्र बुझाउने र अष्ट्रेलियाको बिदेश मन्त्रालयलाई पनि नाकाबन्दीबारे ध्यानाकर्षण पत्र बुझाउने तयारी गरिरहेका छौं’ एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले भने ।
साथै एनआरएनले अष्ट्रेलियास्थित राष्ट्रसंघ नियोग, एम्नेस्टी इन्टरनेशनल रेडक्रस लगायतका संस्थालाई पनि अमानवीय नाकाबन्दीबारे ध्यानाकर्षण पत्र बुझाउने तयारी गरिरहेको छ ।
गैरआवासीय नेपाली संघले भारतले गरेको अमानवीय नाकाबन्दीले सिर्जना गरेको मानवीय संकटबारे बिश्व समुदायलाई जानकारी दिने र भारतलाई दबाब दिने भन्दै बिश्वभर नाकाबन्दीविरुद्ध प्रदर्शन गर्ने निर्णय भएअनुसार यसअघि लण्डन, न्यूयोर्क र वर्लिनमा प्रदर्शन भइसकेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment