Sunday, November 15, 2015
सीमानाका खुलाउन कांग्रेसले पहल गर्ने
काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको समस्या समाधान गर्न आफैं पहल गर्ने निर्णय गरेको छ। आइतबार विहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकले मुलुकको समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको कार्यवहाक सभापति रामचन्द्र पौडेलले जानकारी दिए।
'तराई– मधेसको समस्या समाधानको लागि कांग्रेसले वार्ता र सम्बादलाई अगाडि बढाउने निर्णय गरेको छ,' पौडेलले नागरिकन्युजसँग भने,' नेपाली कांग्रेस जनताले दुःख पाएको हेर्न सक्दैन ।' शनिबार कांग्रेसले समस्या समाधान गर्न भन्दै मधेसी मोर्चाका नेताहरुसँग छलफल गरेको थियो।
पौडेलले सीमानाकामा भइरहेको अवरोध हटाउनसमेत पहल गर्ने बताए। 'लामोसमयदेखिको नाकामा भएको अबरोधले जनताले धेरै सास्ती पाएका छन,' उनले भने,'सीमाको अवरोध हटाउन पनि कांग्रेसले पहल गर्नेछ।' १३ औं महाधिवेशनको तयारीका विषयमा पनि बैठकमा छलफल भएको थियो। संसदमा दर्ता गराएको संविधान संशोधनको विधेयकलाई अगाडि बढाउन कांग्रेसले दबाब दिने जनाएको छ। आइतबार कांग्रेससहित प्रमुख दलका शीर्ष नेता र मधेसी मोर्चाका अध्यक्षबीच औपचारिक वार्ता हुँदैछ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment