Sunday, November 29, 2015
दुर्घटना भएको बसमा १२ हजार लिटर इन्धन भेटियो
लहान—सिरहाको पूर्वपश्चिम सडक अन्तर्गत कर्जनहा गाविसको बगाहामा शनिबार बिहान दुर्घटनामा परेको बसबाट ठूलो परिमाणमा इन्धन बरामद भएको छ।
झापाको बिर्तामोडबाट प्रहरीको सुरक्षा घेरामा काठमाडौँ जाँदै गरेको ना ४ ख ३७८८ नंको बस बिहान करिब ३ बजेतिर बगहामा दुर्घटनामा परेपछि करिब १२ हजार लि पेट्रोल र डिजल बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी दिए।
चौधरीका अनुसार उक्त बस पश्चिमबाट पूर्व आउँदै गरेको ना ५ख ६५९४ नंको बससँग ठोक्किँदा केही यात्रु सामान्य घाइते भएका थिए। ठोक्किएको बसलाई प्रहरी निगरानीमा राखेर बिहान खानतलासी गर्दा काठमाडौँ लैजान ग्यालेनमा राखिएको पेट्रोल र डिजल बरामद गरिएको प्रहरी नायब उपरीक्षक चौधरीले उल्लेख गरे। प्रहरीले इन्धन र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
नाकाबन्दीका कारण राजधानीमा इन्धन अभाव भएपछि सर्वसाधारणले सार्वजनिक सवारी साधनमा सुरक्षाको जोखिम मोलेरै पनि पेट्रोल र डिजललगायत इन्धन राजधानी लाने गरेका हुन्। रासस
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment