Sunday, November 15, 2015

प्रधानमन्त्रीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने

कार्तिक २९, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । ओलीले तिहार अघि नै सम्वोधन गर्ने तयारी गरेको भए पनि अन्तिम समयमा सारिएको थियो । ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले आज सम्वोधन हुने बताए । ओलीको सम्वोधनमा भारतीय नाकाबन्दी र तराई–मधेशमा जारी आन्दोलन र जनताले भोग्नु परेका समस्यालाई विषय बनाइने स्रोतले जनाएको छ ।

No comments:

Post a Comment