Saturday, November 21, 2015
मधेसी मोर्चाद्वारा संसदमा नाराबाजी
६ मंसिर, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदहरुले व्यवस्थापिका संसद बैठकमा रोष्टम घेरेर नाराबाजी गरेका छन् ।
संसदको आइतबार बैठक सुरु हुनासाथ विपक्षी दलका कार्यबाहक सभापति रामचन्द्र पौडेलेले विशेष समय लिएर आफ्नो धारणा राखे । उनले संविधान संशोधन विधेयक अघि बढाउन सरकारलाई आग्रह गरे ।
लगतै मधेसी मोर्चामा आवद्ध तमलोपाका सांसद सर्वेन्द्रनाथ शुक्लाले बोल्न समय मागे । कांग्रेसका तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले प्रधानमन्त्रीको जवाफ माग गर्दै उभिएर बसेकाले सभामुख वनसरी घर्तीले समय दिन नसकिने बताए ।
लगतै मधेसी मोर्चा अवद्ध दलका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका छन् । नाराबाजीमा मधेसी मोर्चालाई थरुहट तराई पार्टी लगायतका साना दलका सांसदले समेत साथ लिएका थिए ।
रोष्टम घेर्ने सांसदहरुले सप्तरी घटना दोषीलाई कारबाही गर्नु पर्ने लगायतका माग गरेका छन् ।
मधेसी मोर्चाको नाराबाजीपछि सभामुख घर्तीले संसद बैठक १० गतेसम्मका लागि स्थगित गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment