काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेकाे परिस्थितिबाट सबैभन्दा बढी तराइका जनता पीडित बनेकाे बताएका छन्। 'तराईका नाउँमा अहिले भइरहेको गतिविधिबाट सबैभन्दा बढी मार त्यहाँका जनतामा परेको छ। जो जहाँ बसेपनि सबै नेपालीलाई परेको पीडा हटाउनुपर्छ र त्यसका लागि म लागिपरेको छु', उनले भने।
नाकाबन्दीबाट सिर्जित अहिलेको कठिन स्थितिबाट नेपाली जनताले छिट्टै मुक्ति पाउने विश्वास व्यक्त गरेका छन्। नेपालीहरूको महत्वपूर्ण पर्व तिहार बेला नाकाबन्दीले आम जनतालाई सास्ती भोग्न बाध्य पारेको बताउँदै उनले यो परिस्थिति छिट्टै अन्त्य भई सकारात्मक वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले आज आफ्नै निवास बालुवाटारमा भाइटीका ग्रहणपछि सञ्चारकर्मीसँग भने– 'यो दुखद परिस्थितिको छिट्टै अन्त्य हुन्छ। त्यसका लागि हामी प्रयास गरिरहेका छौँ । यो विकट परिस्थितिबाट बाहिर निस्केपछि मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्छ।'
विकासको पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन, कृषिको आकुनिकीकरण र औद्योगिकरणतर्फ मुलुक अघि बढ्ने बढाउँदै उनले यसका लागि एकजुट हुन सबै नेपालीलाई आह्वान गरे। उनले नाकाबन्दीको सबैभन्दा बढी मार तराईका जनतामा परेको र उनीहरूको असाधारण परिस्थितिप्रति आफू अत्यन्त दुःखित रहेको बताए।
नाकाबन्दीले मुलुकलाई आर्थिक रुपले ठूलो नोक्सानी पुराएको भन्दै प्रधानमन्त्री ओलीलले दुःख प्रकट गरे । रासस

No comments:
Post a Comment