Sunday, November 15, 2015
सर्लाहीमा मधेसी मोर्चाका नेतामाथि खुकुरी प्रहारको प्रयास
सर्लाही–सर्लाहीको लक्ष्मिपुरमा सदभावना पार्टीका जिल्ला अध्यक्ष प्रमोद साहमाथि खुकुरी प्रहारको प्रयास भएको छ। हरिपुरमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको कार्यक्रम बिथोल्ने तयारी गर्दैगर्दा साहमाथि चार जनाको समुहमा आएका युवकले खुकुरी प्रहारको प्रयास गरेका हुन्।
'लक्ष्मिपुर चोकमा कार्यकर्तासँग छलफल गरिरहेका बेला मोटर साइकल चढेर आएका युवकले गाली गलौज गरे,' सदभावना पार्टी सर्लाही अध्यक्ष साहले भने, 'भाई के भयो ? किन गाली गरेको भनेर सोध्दा झोलाबाट खुकुरी निकालेर प्रहार गर्न खोजे ।' खुकुरी प्रहार गर्ने खोज्नेलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय हरिपुरलाई बुझाइएको साहले बताए । घटना स्थलमा तत्काल इलाका प्रहरी कार्यलय हरिपुरबाट गएका प्रहरी टोललीले मधेसी मोर्चाले पक्राउ गरेर राखेका खुकुरी प्रहार गर्ने युवकलाई बुझेका थिए । पक्राउ परेको युवकलार्य इलाका प्रहरी कार्यलय हरिपुरमा राखिएको प्रहरी निरीक्षक राककुमार कार्कीले बताए ।
नेकपा एमाले जिल्ला कमिटिले आज हरिपुरमा छठ र्वको अवसर पारेर आयोजना गर्ने भनिएको कार्यक्रम स्थगित भएको एमाले जिल्ला अध्यक्ष रेबती पन्तले बताए । मधेसी मोर्चाले कार्यक्रम बिथोल्ने तयारी गरेपछि पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले समबोधन गर्ने कार्यक्रम स्थगित गरिएको पन्तले बताए । कार्यक्रम गरेर तत्कालै ठुलो उपलब्धि नहुने र नगर्दा घाटा नहुने भएपछि मधेसमा जारी आन्दोलनलाई केन्द्रित गर्दै कार्यक्रमा रोकिएको छ,' उनले भने । नेपालको कार्यक्रम स्थगित भएपनि हरिपुरमा मधेसी मोर्चाले बिरोध प्रदर्शन गरेका छन्। मोर्चाले सभासद तथा मन्त्रीलाई मधेस प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment