Friday, November 13, 2015
म्याग्दीको थामडाँडामा बस दुर्घटना, ३ को मृत्यु, ६० घाइते -
८ कात्तिक, बेनी । म्याग्दीको थामडाँडामा यात्रुबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अन्य ६० यात्रु घाइते भएका छन् । घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर छ ।
बरङ्जाबाट बेनीतर्फ आउँदै गरेको ग १ ख ५३६६ नम्बरको बस थामडाँडाँको रत्नेखोलामा शनिबार बिहान पौने ११ बजे दुर्घटना भएको थियो । दुर्घटनामा दुई बालक र १९ वर्षीया एक युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक विमल उपाध्यायले जानकारी दिए । मृतकको सनाखत भएको छैन । शवलाई जिल्ला अस्पतालमा राखिएको छ ।
गम्भीर अवस्थाका केही घाइतेहरुलाई पोखराका अस्पतालमा रिफर गरिएको छ ।
यात्रुले खचाखच बस सडकबाट करिब १ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार बसको छतमा पनि यात्रुहरु बसेका थिए ।
प्रहरी र स्थानीयले घटनास्थलमा उद्धारकार्य जारी राखेका छन् । घटनास्थल सदरमुकाम बेनीबजारबाट करिव एक घन्टा टाढा पर्दछ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment