Tuesday, November 24, 2015
अवैध रूपमा बेच्न लागिएको हवाइ इन्धनसहित चार जना पक्राउ
८ मंसिर, नारायणगढ । हवाइ इन्धन अवैधरूपमा बेच्न लागेकाे अवस्थामा चारजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । चितवनको नारायणगढ बेल्चोकबाट ना २ ख ४३६५ नम्बरको ट्यांकरसहित चार जनालाई प्रहरीले पक्रेको हो ।
पक्राउ पर्नेहरुमा नारायणगढ बेलचोकका विनोद अवस्थी, उनका एकजना कामदार, कालोबजारीको मध्यस्थता गरेका वीरगञ्जका किशोर पटेल र सवारी चालक मकवानपुर काँकडा-४ का सोमलाल ब्लोन रहेका छन् ।
५० हजार घुससमेत बरामद
वडा प्रहरी कार्यालय चितवनका इन्सपेक्टर सत्यनारायण थापा नेतृत्वको टोलीले इन्धनसहित ८ बजेतिर उनीहरुलाई पक्रेको हो । अवस्थीको घरमा इन्धन झार्न लागेको गोप्य सूचनाको आधारमा थापा नेतृत्वको प्रहरी टोली बेलचोक पुगेको थियो ।
प्रहरी पुगेलगत्तै अवस्थीलगायतले ५० हजार रुपैयाँ घुस दिने तर, घटना सार्बजनिक नगरिदिन आग्रह गरेका थिए । तर, प्रहरी निरीक्षक थापाले घुस वाफत दिन लागेको ५० हजार रुपैयाँसहित चारै जनालाई पक्रेर प्रहरी कार्यालय पुर्याएका हुन् ।
एसपी बसन्त कुँवरले बाँकेको नेपालगन्जबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थलका लागि छुटेको ट्यांकर बिच बाटोमा बिभिन्न स्थानमा इन्धन बेच्दै आइरहेको अवस्थामा चितवनमा पक्राउ परेको जानकारी दिए ।
ट्याङ्करमा ७ हजार लिटर जति हवाई ईन्धन रहेको एसपी कुवरले अनुमान गरे । प्रहरीलाई नगद ५० हजार रुपैयाँ घुस दिन खोजेको तर सो रकमसहित व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको कुवरले बताए ।
पक्राउ परेकाहरुलाई चितवन प्रहरीले दिउँसो एक बजे पत्रकार सम्मेलन गरी सार्बजनिक गर्न लागेको पत्रकार गोविन्द घिमिरेले जानकारी दिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment