Sunday, November 15, 2015

भैरहवा भन्सारबाट इन्धन बोकेका ५२ गाडी भित्रिए

२९ कात्तिक, रुपन्देही । भैरहवाको बेलहिया भन्सारबाट आइतबार एकैदिन इन्धन बोकेका ५२ वटा गाडी नेपाल भित्रिएका छन् । भारतीय सुनौली भन्सारले आइतबार १८ वटा ग्यास बुलेट र ३४ वटा डिजेलका गाडी छाडेको बेलहिया भन्सारका अधिकृत राजन ओलीले जानकारी दिए । रक्सौलबाट रि-रुटिङ गरी ल्याइएका ग्यास बुलेट वीरगञ्ज घटनापछि सुनौलीमै रोकिएका थिए । भारतको सुनौली भन्सारले लामो समयदेखि अलपत्र परेका सबै मालबाहक गाडीलाई सोमबारसम्म पास गरिसक्ने आश्वासन पनि दिएको बेलहिया भन्सारले जनाएको छ । शुक्रबारदेखि सुनौली भन्सारले सवारीको जाँचपास खुकुलो बनाएको थियो । भैरहवाबाट आइतबार झण्डै २ सय भन्दा बढी मालबाहक गाडी नेपाल आएका छन् । आइतबार बिराटनगरको रानी भन्सार नाकाबाट २८ वटा इन्धनका गाडी भित्रिएका छन् ।

No comments:

Post a Comment