Tuesday, November 10, 2015

म्याचफिक्सिङ प्रकरण: प्रशिक्षक र सबै खेलाडीलाई धरौटीमा छाड्न आदेश

कार्तिक २४, २०७२- म्याचफिक्सिङ प्रकरणमा आरोपित खेलाडी र प्रशिक्षकलाई धरौटी लिएर रिहा गर्न विशेष अदालतले आदेश दिएको थियो । थुनछेकको बहसपछि विशेष अदालतले मंगलबार साँझ चार खेलाडी र एक प्रशिक्षकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई तथा सदस्यहरु भूपेन्द्रप्रसाद राई र महेशप्रसाद पुडासैनीको इजलासले प्रशिक्षक अञ्जन केसीलाई ५ लाख, रितेश थापालाई ५ लाख, सागर थापालाई डेढ लाख तथा सन्दीप राई र विकाससिंह क्षत्रीलाई ५०–५० हजार धरौटी लिएर रिहा गर्न आदेश दिएको हो । राज्यविरुद्धको अपराध खेपिरहेका पाँच खेलाडीसँगको बयान सोमबार सकिएको थियो ।

No comments:

Post a Comment