काठमाडौं : मधेसी मोर्चासँगको वार्तामा अधिकतम लचिलो भएर प्रस्तुत हुन र वार्तालाई निश्कर्षमा पुर्याउन उच्चस्तरीय राजनीतिक समितिले निर्देशन दिएको छ।
वार्ता अघि प्रधानमन्त्री निवास बालुवाटारमा सरकार संचालनसम्बन्धी उच्चस्तरीय राजनीतिक समितिका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) काे अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। राष्ट्रिय हित र एकतामा तलमाथि हुनबाहेक अरु विषयमा हदैसम्म लचिलो भएर वार्तालाई सफल बनाउन निर्देशन दिएको छ।

सरकारले मधेसी मोर्चासँग आज निर्णायक वार्ता गर्ने भएको छ। अपरान्ह चार बजे तय गरिएको वार्तालाई निर्णायक बनाउन दुवै पक्षले आन्तरिक तयारी र छलफल गरेका छन् । निर्णयाक वार्ताको रणनीति तय गर्न मोर्चाको बैठक शनिबार बेलुकादेखि जनकपुरमा बसेको छ। बालुवाटार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली तथा सत्तागठबन्धनमा सहभागी सबै दलका शीर्ष नेताहरु सहभागी थिए। आन्दोलनरत पक्षसँग परामर्श गरी संवैधानिक प्रकियाबाट माग सम्बोधन गर्नका लागि सकारात्मक र लचिलो रुपमा प्रस्तुत हुन वार्ता समितिलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए । दाहालले भने, 'आजको वार्तालाई निर्णायक र सफल बनाउनका लागि अधिकतम लचकता अपनाउन उच्चस्तरीय समितिको बैठकले वार्ता समितिलाई अधिकार दिएको छ।'
अरु मुद्दामा समहमति नजिक पुगे पनि सिमांकनका विषयमा कुरा मिल्न सकेको छैन । खासगरी मधेसी मोर्चाले तराईमा दुई प्रदेश अडान राखेकोले सहमति हुन सकेको छैन ।अहिले नै संविधान संशोधन गरेर दुई प्रदेशको सिमांकन हुनुपर्ने अडान मोर्चाको छ ।
तर सरकारी पक्षले पनि अहिले राजनीतिक तहमा सहमति गरेर संघीय आयोगमार्फत यसलाई मिलाउन सकिने प्रस्ताव राखेको छ ।बैठकले सिमांकनका बारेमा कुनै ठोस् निर्णय गरेको छैन
No comments:
Post a Comment