Sunday, November 1, 2015

वीरगञ्ज नाकामा धर्ना बसेका आन्दोलनकारीलाई प्रहरीले हटायो, बिहानैदेखि अान्दाेलनकारी सडकमा

भारतीय ट्रक चालकलाई सीमा पारि पठाउने तयारी

१६ कात्तिक, वीरगञ्ज । करिब दुई महिनादेखि वीरगञ्जको नाकालाई अवरुद्ध पारेर मितेरी पुलमा धर्नामा बस्दै आएका आन्दोलनकारीलाई प्रहरीले हटाएर बाटो खुलाएको छ ।
सोमबार बिहानै प्रहरीले नाकामा रहेका प्रदर्शनकारीलाई हटाएर बाटो खुलाएको हो । नाकाको अवरोध हटाइएसँगै नेपालतर्फ रोकिइरहेका भारतीय ट्रकहरुलाई सीमा पारि पठाउने तयारी गरिएको वीरगञ्ज प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीहरू पुलमा सुतिरहेका बेला प्रहरीले अाक्रमण गरेकाे भन्दै साेमबार विहानैदेखि वीरगञ्जमा विराेध प्रदर्शन सुरू भएकाे छ ।
वीरगञ्ज नाकामा भएको धर्ना र अवरोधका कारण भारतीय ट्रक चालकहरुले स्वदेश फर्कन सकेका थिएनन् । सोमबार बिहान अवरोध हटाइएपछि उनीहरुले आफ्नो देशमा फर्कने वातावरण बनेको छ ।
भारततर्फ फर्कन नपाएपछि भारतीय चालकहरुले वीरगञ्जस्थित भारतीय वाणिज्य दूताबासको कार्यालयमा धर्ना दिँदै आएका थिए ।
मधेसवादीहरुले वीरगञ्ज नाकालाई आन्दोलनको केन्द्र ठान्दै आएका थिए । भारतले पनि अन्य नाकाहरुलाई सहज बनाइ पनि वीरगञ्ज नाका ‘क्रिटिकल’ रहेको भन्दै बार्गेनिङ गरिरहेको थियो । यही कुरालाई मध्यनजर गर्दै सरकारले नेपालको प्रमुख भन्सार नाकाको अवरोध हटाएको सरकारी स्रोतले बतायो ।

No comments:

Post a Comment