Tuesday, May 19, 2015
प्रेमिका भेटेको भन्दै विराटलाई बिसिसिआइको चेतावनी
रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआइ) ले निमय मिचेको भन्दै चेतावनी दिएको छ।
विराटलाई खेलको क्रममा प्रेमिका अनुष्का शर्मासँग कुराकानी गरेको आरोपमा बिसिसिआइले सोमबार अनौपचारी चेतावनी दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
बैंग्लोरमा आइतबार दिल्ली डेरडेभिल्स विरुद्धको खेलमा विराटले प्रेमिका अनुष्कासँग कुराकानी गरेको बिसिसिआइले बताएको छ।
बिसिसिआइको नियम अनुसार कुनै पनि खेलाडीले खेलको क्रममा प्रेमिका तथा श्रीमतीसँग कुराकानी गर्न पाउँदैनन्।
आइपिएल भरी मैदान र होटलमा खेलाडीको गतिविधि अनुगमन गर्न बिसिसिआइले एन्टी करप्सन तथा सुरक्षा युनिट (एसिएसयु) नियुक्त गरेको छ।
एसिएसयुले विराटले बिसिसिआइको नियम उल्लंमघन गरेको रिर्पोट दिएपछि बिसिसिआइले विराटलाई सचेत गराएको हो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment