Wednesday, May 27, 2015

भ्रष्टाचार अभियोगमा स्वीट्जरल्याण्डमा फिफाका अधिकारी पक्राउ

१३ जेठ, काठमाडौं । स्वीटजरल्याण्डको प्रहरीले भ्रष्टाचारको अभियोगमा अन्तरराष्ट्रिय फुटबल एशोसिएसन फिफाका ६ जना पदाधिकारीलाई बुधबार बिहान गिरफ्तार गरेको छ । पक्राउ पर्नेहरुको नाम भने सार्वजनिक हुन बाँकी छ । स्वीट्जरल्याण्डको ज्युरिचस्थित एक होटलबाट उनीहरुलाई पक्राऊ गरिएको बीबीसीले जनाएको छ । वर्षेनी हुने फिफाको बैठकमा सहभागी हुन ज्युरिच पुगेका बेला उनीहरु पक्राउ परेका हुन् । यो बैठकबाट फिफाका अध्यक्ष सेप ब्राटर पाँचौंपटक अध्यक्षमा चुनिने तयारी थियो । द्भ फिफाका अध्यक्ष सेप ब्राटर अमेरिकामा भ्रष्टाचार गरेको आरोपमा उनीहरुलाई स्वीस प्रहरीले पक्राउ गरेको बताइएको छ । पछिल्लो २० वर्षदेखि उनीहरुले पैसा बाहिर पठाउने गरेको आरोपमा उनीहरुलाई पक्राऊ गरिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमा जनाइएको छ । न्युयोर्क टाइम्सका अनुसार उनीहरुलाई सादा पोशाकका प्रहरीले पक्रेका छन् । स्वीस न्यायालयको संघीय कार्यालयलाई उधृत गर्दै समाचारमा जनाइए अनुसार उनीहरु भ्रष्टाचारको अभियोगमा समातिएका हुन् । यसअघि फिफा प्रमुख ब्राटरले अमेरिकी अनुसन्धान अाफू विरूद्ध नरहेको भन्दै फिफाका पूर्वअधिकारी विरूद्ध अनुसन्धान भइरहेको हुनसक्ने बताएका थिए ।

No comments:

Post a Comment